सहकारी सचेतनाका लागि लघु चलचित्र ‘सारथी’

आदर्श अनलाइन, बागलुङ

सहकारीको सकरात्मक सन्देश प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको ‘सारथी’ लघु चलचित्र मंगलबार बागलुङ बजारमा प्रदर्शन गरिएको छ । बागलुङ जिल्लामा क्रियाशिल महिलाहित सहकारीले सहकारी मार्फत सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण सहित लघु चलचित्र ‘सारथी’ निर्माण गरेको महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवि खड्काले बताउनुभयो ।

“सहकारी विरुद्ध भ्रम छरिएको छ, सहकारी मार्फत समाजमा ठूलो अािर्थक विकास गर्न सकिन्छ, आर्थिक समस्याका कारण उजाडिएको परिवारमा खुसी आउछ, जुन लघु चलचित्र महिला हित सहकारीको संघर्षको कथासंग मेल खानेगरी बनाइएको छ” खड्काले भन्नुभयो “सहकारी सचेतनाका लागि लघु चलचित्र एउटा माध्यम बन्नेछ ।”

No description available.

२० मिनेटको लघु चलचित्र प्रदर्शन मंगलबार जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै जिसीले देशभरका ३२ हजार सहकारीमध्ये एक सय सहकारीमा समस्या आउदा सबै सहकारीहरुलाई बद्नाम गर्न खोजिएको बताउनुभयो । उहाँले सबै सहकारीलाई एउटै डालामा राखेर नजोख्न आग्रह गर्दै सहकारीमा आबद्ध हुँदा व्यक्तिगत,पारिवारिक र सामाजिक पविर्तन गर्न सकिन्छ भन्ने उदारण चलचित्रले दिएको बताउनुभयो ।

चलचित्रमा महिलाहित सहकारीकोे संघर्ष र सफलताको कथावस्तु समेटिएको । चलचित्रको परिकल्पना तथा कथा सज्जन कुमार सिंहले गर्नुभएको थियो भने निर्देशन इश्वर बाबुले गर्नुभएको थियो ।

चलचित्रमा कालकारहरु सज्जन कुमार सिंह, सपना शर्मा, लिला खड्का, सावित्री केसी, बैकुण्ड सापकोटा, प्रमोद क्षत्री, सृजना नेपाली र विज्ञाता कार्की लगायतले अभिनय गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *