भारतीय टोलीद्वारा मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह सम्पन्न

अमृत बास्कुने म्याग्दी

नेपालमा मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ‘मुक्तिनाथ’ । त्यही हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा भारतको दिल्लीदेखि आएको तीन सय जनाको जम्बो टोलीले श्रीमद्भागवत सत्सङ्ग भुषण ज्ञान यज्ञ सम्पन्न गरेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथमा जुलाइ ६ बिहीबारदेखि भारतीय जनता पार्टीका विधायक नानुभाई वानानीसहित तीन सय जना भारतीयहरूको टोलीले मुक्तिनाथको रानीपौवामा धार्मीक यज्ञ सञ्चालन गरेका थिए । निलकण्ठ ट्राभल गुजरात, सुरतको आयोजनामा मुक्तिनाथ क्षेत्रमा गरिएको श्रीमद सत्सर्गभुषण सप्ताह ज्ञान यज्ञले विश्वशान्ति र धार्मिक महत्व समेत दर्साउने निलकण्ठ ट्राभलका सञ्चालकमा दीपक परभार र निमेश परभारको भनाई छ ।

भारतीय ट्राभलको आग्रहमा नेविरा होलिडेज पोखरा कास्कीले सप्ताहको व्यवस्थापकीय जिम्मा लिएको थियो । नेपाली टोली अन्तर्गत नेविरा होलिडेजले नेपालको व्यवस्थापन निकै उत्कृष्ट तबरले गरेको सप्ताह कार्यक्रम सञ्चालक दिपक परभारले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिर परिषरमै सप्ताह आयोजना गर्ने लक्ष सहित भारतीय टोली आएको भए पनि मन्दिर क्षेत्र भित्र स्थान अभाव भएको कारणले गर्दा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ पुराङ रानीपौवा स्थित पुराङ गाउँ सभाहलमा सप्ताह सञ्चालन गरेको थियो । धार्मिक सप्ताह कार्यक्रममा भारतको बिएपीएस दिल्ली अक्षरधामका जसमत भाई डाँफो टोलीसँगै मुक्तिनाथ आएको थियो । धार्मिक यज्ञको प्रमुख वाचनकर्ताका डा.प्रभुचरणदाश स्वामी रहनुभएको थियो । उहाँलाई दर्शनदाश स्वामी, पूर्ण पुष्पदाश स्वामी र कृष्णचरण दाश स्वामीले साथ दिनुभएको थियो ।

मुक्ती क्षेत्र भगवान विष्णुले ध्यान गर्नुभएको मान्यता रहेको छ । विष्णु भगवान मान्ने हिन्दुधर्म भित्रको स्वामीनारायण सम्प्रदायका लागि मुक्तिनाथ क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । स्वामीनारायण सम्प्रदाय हिन्दु धर्म भित्रको सबै भन्दा धनी सम्प्रदाय रहेको उनीहरुको दावी छ । स्वामीनारायण सम्प्रदायका संस्थापक स्वामीले हिमालयको बाटोगरेर मुक्तीनाथमा आएर एक खुट्टाले उभिएर चतुर्मास सम्पन्न गरेर सिद्धि प्राप्ती गर्नुभएको विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *