कपडा तथा फेन्सी व्यवसायीको स्थापना दिवसमा दुई जना सम्मानित

आदर्श अनलाइन, बागलुङ
कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको १६ औ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम तथा वृक्षरोपण सम्पन्न भएको छ । समितिले आफ्नो स्थापना दिवसका अवसरमा वरिष्ठ समाजसेवी देवबहादुर श्रेष्ठ र पत्रकार कोपीला कँडेललाई सम्मान गरेको हो ।

विभिन्न क्षेत्रमा रहेर समाजसेवामा योगदान गर्ने श्रेष्ठ र रेडियो नेपाल, धौलागिरी एफएम र धौलागिरी टेलिभिजन लगायतका संचार माध्यमबाट पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकार कँडेललाई सम्मान गरिएको कपडा तथा फेन्सी व्यव्सायी समितिका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

सो अवसरमा बोल्दै उद्योग बाणिज्य महासघंका केन्द्रीय सदस्य युवराज राजभण्डारीले पछिल्लो समयमा व्यापार व्यव्सायमा परेको वित्तिय संकटमा उद्योगी व्यव्सायीले बचेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व देब बहादुर श्रेष्ठ, कोपिला कँडेल, उद्योग बाणिज्य सघंका गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य र राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्की डिबीको स्वागत मन्तव्य र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।
कपडा तथा फेन्सी व्याव्सायी समितिले १६ औ स्थापना दिवसका अवसरमा बा.न.पा ९ सालबोट स्थित शिवालय मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

मन्दिर परिसरमा बेलपत्र, तुलसी, काप्रो रुद्राक्ष लगायतका करिब १ सय वटा बिरुवा रोपेको समितिका कानुनी सल्लाहकार गोविन्द ओझाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *