आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका अन्तरगतको अल्पकालिन महिला सेवा केन्द्रले ९५ जना हिसां पिडित महिला लाई सेवा दिएको छ ।
सेवा केन्द्रको आर्थिक बर्ष ७९/८० को प्रगिती समिक्षा कार्यक्रममा गत आर्थिक बर्षमा भन्दा यसबर्ष अधिकतम हिसां पिडितको संख्या बढेको तथ्यांङ्क सार्वजनिक भएको हो ।
गतबर्ष ५० महिला लाई सेवा दिएकोमा अहिले बढेर ९५ पुगेको अल्पकालिन महिला सेवा केन्द्र प्रमुख सरस्वती देबी रेग्मीले बताउनुभयो । सबै घटनाको फछ्र्यौट गरेको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै पुर्व साँसद मन कुमारी जिसी केसीले महिला हिसाँका घटनामा सबै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभयो । महिलाको हकहितका लागि बनेका ऐन कानुनको प्रयोग गरेर पिडित लाई न्याय र पिडक लाई कारबाही गर्नुपर्ने उहाँको भनाई थियो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले महिलाहरु पारिवारिक समाजिक लगायत सहकारीका कारण पनि हिंसामा परेको बताउनुभयो । पिडितको न्यायका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।
सो अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा यसअघि सेवाकेन्द्रमा रहेर योगदान गर्ने शर्मिला थापा, किरण थापा र मंगली माझीलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काको अध्यक्षता र अल्पकालिन सेवा केन्द्र प्रमुख सरस्वतीदेबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।