विपद् खोज तथा उद्धार सामाग्री हस्तान्तरण

आदर्श अनलाइन, म्याग्दी

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई गोर्खा वेलफेयर ट्रष्टल नेपालले विपद् खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

विपद्का हिसाबले निकै जोखिमपूर्ण मानिने अन्नपुर्ण गाउँपालिकालाई गोर्खा वेलफेयरले उत्थानशील, खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम अन्तरगत सात लाख रुपैयाँ मुल्य पर्ने सामग्री शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

गोर्खा वेलफेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी तथा कार्यपालिका सदस्यहरुको रोहबरमा सामान हस्तान्तरण गर्नुभएको थियो ।

नेपालका भौगोलिक रुपमा जोखिम क्षेत्रहरुमा हुन सक्ने बाढी, पहिरो, आगालागि, जस्ता बिपद्मा खोज तथा उद्धारमा प्रयोग हुने ७३ प्रकारका सामग्री गोर्खा वेलफेयरले हस्तान्तरणगरेको जनाएको छ । वेलफेयरले ७ लाख मुल्य पर्ने सामग्री गाउँपालिकालाई प्रदान गरेको छ भने गाउँपालिकाले पनि चार लाख मुल्य पर्ने सामग्री खरिद गरेर राखेको अध्यक्ष पुनले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले पूर्वतयारीका लािग आपतकालिन संकट व्यवस्थपन केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभया आपतकालिन केन्द्रमा भएका सामग्रीहरुलाई विपद्को अवस्थामा परिचालन गर्नेछौं, आवश्यक परेको ठाउँमा सामग्री पठाउँछौं र पुन केन्द्रमा संकलन गरेर राख्छौं ।

कुनै पनि स्थानमा विपद्का घटना भएको थाहा पाउना साथ खोज तथा उद्धार सामग्री पठाउने र काम सकिए पछि पुनः संकलन केन्द्रमै राख्ने र अर्को पटक पनि प्रयोग गर्ने वातावरण मिलाउने बताइएको छ ।

यो पनि पढ्नुहोस्