कृषि, पशु तथा आधुनिकरण परियोजना कार्यालयको प्रगति सार्वजनिक


आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङ, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले संयुक्त रुपमा आर्थिक वर्ष २०७९÷८० को प्रगती सार्वजनिक गरेका छन् ।

उक्त आर्थिक वर्षमा कृषि र पशु क्षेत्रमा किसानलाई प्रदान गरिएको अनुदान, कृषिमा आधुनिकरण, पशुको रोग तथा उपचार र जग्गाको चक्लाबन्दी लगायतको काम गरेको संयुक्त कार्यक्रममा बताइएको छ ।

प्रगती सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले असली किसानले राहत पाउन आवश्यक रहेको बताउनुभयो ।

थापाले कृषि ज्ञान केन्द्र बागलुङ, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले लिएको कार्यक्रमले किसानलाई कृषि तथा पशुपालनमा प्रोत्साहन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा असार मसान्त सम्म ६५ प्रतिशत रोपाई भएको कार्यक्रममा जानकारी गराउनुभएको थियो । उहाँले उक्त आर्थिक वर्षमा पाँच हजार सुन्तलाका विरुवा र तीन हजार कागतीका विरुवा वितरण गरेको बताउनुभयो । भट्टराइले दुई गाउँमा विपन्न नमूना बस्ती कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले उक्त आर्थिक वर्षमा लम्पी स्किन रोगले १६६ गाई तथा गोरुको मृत्यु भएको बताउनुभयो । उहाँले जिल्लाभर एक वर्षमा एक हजार ८३८ गाईभैसीलाई कृत्रिम गर्भाधान गराइएको छ ।
बागलुङ जिल्ला मासु र दूधमा आत्मनिर्भर भइसकेको बताउदै यसलाई दीर्घकालिन रुपमा निर्यात तर्फ पुग्नुपर्ने बतउानुभयो । यस्तै प्रधानधन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख सुजित पौडेलले चक्लाबन्दीमा किसान आर्कषित भइरहेको बताउनुभयो ।

उहाँले जिल्लामा १२ स्थानमा ८०० रोपनी भन्दा बढी जग्गा चक्लाबन्दी भएको बताउनुभयो । तीन वटै कार्यालयले बजेट कटौतीका कारण कृषि तथा पशुका सबै कार्यक्रमहरु सम्पन्न गर्न नसकिएको जनाएका छन् । सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको स्वागत तथा बागबानी विकास अधिकृत कुमार पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *