पोखरा रोयलको मिसन १०० : सदस्य केन्द्रित सय कार्यक्रम गर्ने

आदर्श अनलाइन, बागलुङ
वित्तीय तथा गैर वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा रोयल वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की पोखराले सदस्यसंग रोयल अभियान शुभारम्भ गरेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ भरी सदस्यसंग सम्बन्धी एक सय वटा कार्यक्रम गर्ने लक्ष्यका साथ अभियानको शुभारम्भ गरिएको हो । सदस्यसंग रोयल नामक अभियानको लक्ष्य मिसन १०० रहेको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रोशन अर्यालले आइतवार सदस्यसंग रोयल अभियानको शुभारम्भ गर्नु भएको छ ।

रजिष्ट्रार अर्यालले सबै सहकारीहरुले सदस्य केन्द्रीत भएर कारोबार गर्नु पर्नेमा जोड दिनुभयो । सदस्य केन्द्रीत र नीतिगत रुपमा सञ्चालन भएका सहकारी कहिल्यै पनि अप्ठयारोमा नपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय केही सहकारीमा देखा परेको समस्यालाई लिएर सबै सहकारीलाई एउटै रुपमा हेर्ने गरिएको भन्दै उहाँले पोखरा रोयलले जस्तो सदस्य केन्द्रीत काम गरेका सहकारीहरुका बारेमा आम जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

सुखी सदस्य, दिगो सहकारीको परिकल्पनाका साथ सञ्चालित चालु आर्थिक वर्ष २०८०÷०८१ भर सदस्यसँग सम्वन्धित १०० वटा सदस्य केन्द्रित गतिविधी गर्ने उद्देश्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले जानकारी दिनुभयो । संस्थाले गत आर्थिक वर्षमा प्रत्येक महिना संस्थाको प्रधान कार्यालय, तीनवटै सेवा केन्द्र र लघु विभाग अन्तर्गतबाट उत्कृष्ठ भएका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।

संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सहकारीको समसामयिक गतिविधी र संस्थाको हालको अवस्था र भावी रणनीति बारे प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकाल, चार्टड एकाउन्टेन्ट राजकुमार फुँयाल, संस्थाका सचिव केशवप्रसाद ढकाल लगायतले संस्थाको गतिविधी र समग्र सहकारी सञ्चालनमा सदस्यहरुको भूमिका र दायित्वको बारेमा सुझाव राख्नु भएको थियो ।

यसै बीच आर्थिक वर्षको पहिलो दिन नै १४० जनाले नयाँ सदस्यता लिएका छन् । संस्थाले अभियानलाई सफल बनाउन यस अघि नै १०० युथ सहकारी दुतमार्फत संस्थाको गतिविधीलाई तीव्र पारेको र यो अभियान निरन्तर चलिरहने सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *