को हुन्, एनआरएनए जापानको अध्यक्ष पदका उम्मेदर निउरे ?

आदर्श अनलाइन, बागलुङ
आगामी जुलाई २९ मा एनआरएनए जापानको एघारौँ महाधिवेशन हुँदैछ । महाधिवेशनमा बागलुङको गलकोट नगरपालिका–२ ठानामा जन्मिएर जापानलाई कर्मभूमि बनाउँदै आउनु भएका नविन निउरे अध्यक्ष पदको उम्मेदवार बन्नु भएको छ । लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय निउरे जापानमा रोजगारीसँगै विभिन्न संघ संस्थामा आवद्ध भई काम गर्दै आउनु भएको छ ।

जापान पुगेदेखि नै सामाजिक संघ संस्थामा आवद्ध हुनु भएका उहाँ सन् २०११ बाट एनआरएनएमा जोडिनुभयो । जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्छ ।

विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नु भएका निउरे आवेगले नभई विवेकले व्यक्ति नभई विधिले काम गर्नु पर्ने मान्यता राख्नुहुन्छ । निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट समाज जापानको महासचिवसमेत भैसक्नु भएको छ भने गलकोट स्पोर्ट क्लब टोकियो, नेपाल पत्रकार महासंघ जापान शाखा लगायत दर्जन बढि संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

सिद्धार्थ बनस्थली स्कूलबाट माध्यमिक शिक्षा हासील गरेका निउरेले स्नातक तहसम्मको अध्ययन पूरा गर्नु भएको छ । सन् २००५ देखि जापानमा बसोबास गरेका उहाँ सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गर्दै आउनु भएको छ । हाल उहाँले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहनु भएको छ । जापानमै पहिलो पटक नेपालीहरुद्वारा स्थापना गरिएको एभरेष्ट ईण्टरनेशनल स्कूलको संस्थापक शेयर सदस्यसमेत रहेनु भएका उहाँले नेपालमा समेत शैक्षिक तथा बैँकिङ क्षेत्रमा लगानी गर्नु भएको छ । सानै उमेरमा व्यवसायीक सफलता हात पार्न सफल उहाँ जापानवासी नेपाली युवाहरुका लागि उदहारणीय पात्र हुनुहुन्छ ।

जापानमा रहँदा भाषाको ज्ञानको कमि भएकाहरुको सच्चा सारथी बन्नु भएका निउरे अप्ठ्यारोमा परेकालाई उद्धार गर्न होस या त परदेशी भूमिमा आफ्नो जीवन गुमाएकाको अन्त्यष्टिको व्यवस्थापनका लागि अग्रदस्ताका रुपमा उपस्थिति जनाउदै सकेको आर्थिक सहयोग गर्न समेत तम्सिहाल्नुहुन्छ ।

आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने निउरे गफ र स्टण्डमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजिक सेवामा क्रियाशिल हुनुहुन्छ । ११ औँ पटकसम्म एनआरएनए जापानको नेतृत्वमा भएका नेपाल फेष्टिबल सधैं घाटामा डुबिरहेको अवस्थालाई नजिकबाट नियालेका उहाँले १२ औँ नेपाल फेष्टिबलमा आर्थिक संयोजकको जिम्मेवारी लिदैं जापानमा भएका नेपाल फेष्टिबलको इतिहासमै पहिलो पटक नाफा दिन सफल हुनु भयो ।

जाापानवासी नेपालीका समस्या समाधान गर्नका लागि दत्तचित्त भै लाग्ने निउरेले नेपाली राजदूताबासबाट प्रदान गरिने सेवालाई पहुँच योग्य र सहज बनाइनु पर्छ भन्ने लागेपछि जापानमै पहिलो पटक नेपाली राजदूताबासको सेवालाई घुम्ती सेवा संचालन गरिनुपर्ने अवधारणा अघि सारेसँगै सो कार्य कार्यान्वयन हुनुलाई आफ्नो सन्तुष्टिको रुपमा लिने गरेको उहाँ बताउनुहुन्छ ।

समाजसेवालाई नै आत्म सन्तुष्टिका रुपमा लिने भन्दै एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य समाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शीता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।

एनआरएनए जापानको सुधारका लागि संस्थामा दोश्रो पुस्ता, महिला, यूवाको संलग्नता, अग्रजको सम्मान, पेशागत एवं व्यवसायीक विकाशमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना, विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत विकाश एवं सुदृढिकरण, नेपालको पर्यटन प्रर्वद्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रममा मुख्य सुधार गर्ने प्रस्तावित कार्यक्रम र स्पष्ट योजना सहित एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्ययक्षमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *