बागलुङ नगर स्वास्थ्यको प्रगति सार्वजनिक


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा सम्पादित आर्थिक तथा भौतिक प्रगती सार्वजनिक गरेको छ ।

बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा ससर्त तर्फ ९७ प्रतिशत, निसर्त तर्फ ५८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ । यस्तै गत आर्थिक वर्षमा ससर्त तर्फत ९० प्रतिशत भौतिक प्रगती र निसर्त तर्फ ७६ प्रतिशत भौतिक प्रगती भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले पहिलोपटक प्रगती सार्वजनिक गरको हो ।

नगरपालिकामा उक्त आर्थिक वर्षमा सिगानामा बर्थिङ सेन्टर स्थापना, ४२ जना आमाहरुलाई सुरक्षित सुत्केरी सेवा, २४३ सुत्केरी जाँच, १५० जना गर्भवतीहरुलाई अल्टासाउण्ड, वृहत स्वास्थ्य शिविर मार्फत एक हजार ९३७ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको नगर स्वास्थ्य शाखा संयोजक राम प्रसाद खनालले जानकारी दिनुभयो ।



खनालका अनुसार हात्तिपाइले निर्मुलनका लागि ९६ प्रतिशत जनसंख्यालाई हात्तिपाइले विरुद्धको औषधी खुवाइएको छ । स्वास्थ्य शाखा अन्र्तगत ८७ जनालाई प्रजनन अंगमा पुगको क्षतिको उपचार, १७ जनालाई पाठेघरमा रिङ पेशरी र बाँझोपनको उपचारका लागि उपल्लो निकायमा सिफासिर गरिएको छ ।

नगर स्वास्थ्य शाखा मार्फत नगरका विभिन्न वडाका ३१० जना विपन्न व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । प्रगति सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखामा सामूहिक भावनामा काम भइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य शाखाले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने योजना बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले स्वास्थ्य क्षेत्र अति संवेदनशिल भएको बताउदै नागरिकले अनुभुती गर्ने गरी सेवा दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले स्वास्थ्य क्षेत्रको प्रगतीले नगरपालिकाको प्रगतीलाई सघाएको बताउनुभयो । कार्यक्रम नगर स्वास्थ्य शाखा संयोजक राम प्रसाद खनालको सहजीकरण तथा स्वास्थ्य शाखाका विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार प्रकाश बराल, सुवास गौतम, नारायण रिजाल तथा तारानाथा आचार्यले जिज्ञासा राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *