पहिलो सोमबार गलेश्वरमा रु.तीन लाख ६५ हजार भेटी संकलन


आदर्श अनलाइन, म्याग्दी

साउन महिनाको पहिलो सोमबार पुजा अर्चना था दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा तीन लाख ६५ हजार छ सय ४५ रुपैंयाँ भेटी चडाएका छन् ।

पहिलो सोमबार आएका भक्तजनले दानपेटीका तथा अन्यत्र चडाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्र भित्र चडाएको रकम बिहान गणना गरेर बेनी स्थीत गरिमा बिकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ ।

साउन महिनामा यस वर्ष पाँच सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मंगलबार रकम गणना गरेर सार्वजनिक गर्ने अध्यक्ष रेग्मीको भनाई छ । मन्दिरमा राखिएका दानपेटीकाहरुमा भक्तजनले चडाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक संघसंस्थका प्रतिनिधिहरुको रोहबरमा गणना गरिएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

गलेश्वर मन्दीरमा गत वर्ष २०७९ को साउन महिना भरी १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत संकलन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *