भारीको नेतृत्वमा नगर खानेपानीको तदर्थ समिति गठन


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरखानेपानीको निर्वाचनका तदर्थ समिति गठन गरिएको छ ।

विहिबार बागलुङ नगरपालिकाले बागलुङ नगर खानेपाती तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन गर्नका लागि जयराम भारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यमा कृष्ण शर्मा, गोमा छन्त्याल, चन्द्र वहादुर सुवेदी, जय राजभण्डारी, दयाराम पौडेल, धन कुमारी सुनार, निर्मल बहादुर श्रेष्ठ, लक्ष्मी बाँस्कोटा, लाल बहादुर केसी र हरि बहादुर जिसी (सन्तोष) रहेका छन् ।

समितिलाई ६ महिना भित्र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन गर्ने, हालसम्मको आय व्याय असोज मसान्त भित्र लेखा परीक्षण गरि सर्वजनिक गर्ने, खानेपानीको राम्रो व्यवस्थापन गरि उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने लगाएतका जिम्मेवारी दिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले दिएको शुद्धता र आर्थिक पारदर्शीताको जिम्मेवारीलाई कार्यान्वयन गर्ने तदर्थ समितिका संयोजक जयराम भारीले प्रतिबद्धता जनाउनुभयो । खानेपानीको स्वच्छता र नियमित आपूर्तिको लागि बागलुङ नगरपालिका, सरोकारवालाहरु र नगर खानेपानीका तदर्थ समितिका सदस्यहरुसँग परामर्श गरि तत्काल इन्जिनियरको व्यवस्था गर्ने भारीले जानकारी दिनुभयो ।

असार २६ गते प्रमुख जिल्ला अधिकारी रोशन कुमारी श्रेष्ठको अध्यक्षतामा भएको समन्वय बैठकले हरि प्रसाद श्रेष्ठ नेतृत्वको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमितिको कार्यअवधि समाप्त भएकोले साउन ६ गतेको लागि तोकेको निर्वाचन गर्न नहुँने भन्दै स्थगित गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले तदर्थ समिति गठन गर्न नगरपालिकालाई भनेपछि नयाँ तदर्थ समिति गठन गरि त्यस समितिलाई आवश्यक जिम्मेवारी दिएर बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिको निर्वाचन गर्नु पर्ने बैठकले निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *