गठबन्धनको सरकार निरन्तर चल्छ : नेता पौडेल


आदर्श अनलाइन, बागलुङ
नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले अहिलेको प्रचण्ड नेतृत्वको सरकार निरन्तर चल्ने दाबी गर्नुभयो । उहाँले सरकार ढल्ने कुनै संभावना नरहेको जिकिर गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल बागलुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धन लामो समयसम्म रही रहने र सरकारले भष्ट्राचार विरुद्धको कामलाई निरन्तर अगाढी बढाइरहेको बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर २ का सांसद समेत रहनुभएका नेता पौडेलले भष्ट्राचार विरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भएपनि त्यो संभवन नहुँने स्पष्ट पार्नुभयो । बागलुङको इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख फरार भएको विषयलाई आफूले गृहमन्त्रालयमा ध्यानाकर्षण गराएको बताउनुभयो ।

“सरकार ढल्नेकुरा निराधार छ, संस्थागत रुपमा कुनै भेटघाट भएको छैन, सरकारले दृणतापूर्वक भष्ट्राचारीहरुको विरुद्धमा काम गर्दै आएको छ” नेता पौडेलले भन्नुभयो “बागलुङको सहकारी समस्याको विषयमा गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छु, फरार रहेका सहकारीका अध्यक्षलाई पक्राउ गर्न आवश्यक छ ।”

बागलुङ स्थित इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर संञालक फरार भएपछि जनताको गुनासो सुन्न नेता पौडेल गृह जिल्ला आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *