बाली बीमाप्रति आर्कषित छैनन् बागलुङका किसान


आदर्श अनलाइन, बागलुङ
बाँदरका कारण वर्षेनी खेतिमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् ।
वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पु¥याएको खण्डमा बीमा गरेपछि बीमा वापतको रकम क्षतिपूर्ती पाइनेभएपनि किसानको ध्यान पुग्न नसकेको हो ।

बाँदरका कारण किसानको बालीमा वर्षेनी नोक्सानी भइरन्छ र तर नोक्सानीको भरण पोषणका लागि आवश्यक रहेको बाली बीमा तर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले बाली बिमा गर्नका लागि किसानलई प्रिमियम रकम समेत प्रदान गर्ने गरेपनि बालीको संभावित क्षति तर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्र बागलुङको भनाई छ ।

गत आर्थिक वर्षमा किसानलाई बाली बिमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्र बागलुङले रु. दुई लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौ किसान रहेको बागलुङमा बाली बिमा कार्यक्रमबाट लाभान्वित हुने किसानको संख्या जम्मा १३ जना रहेको कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बीमाका आधारमा कृषि ज्ञान केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भनेपनि जम्मा १३ जना किसानले रु. २७ हजार प्रिमियम रकम लगेको बताउनुभयो ।

“कार्यक्रम हेर्दा सानो थियो तर यस्को प्रभावकारिता निकै ठूलो थियो, दुई लाख ४० हजारको बीमाले किसानको करोडौ बालीको नोक्सानी व्यहोर्न सक्दथ्यो” भट्टराईले भन्नुभयो “किसानहरु बाली बीमा नै गर्न चाहदैनन् भन्ने हो, किसानहरुलाई तत्कालैको नगदी अनुदान तथा उपकरण अनुदानमा आकर्षित छन्, बाँदरले पु¥याएको क्षतिको समेत बीमा भुक्तानी हुनेछ तर किसानले बाँदरको समस्या ल्याउनुहुन्छ तर बालीको बीमा गर्न मान्नु हुन्न ।”

बाँदरलाई जंगली जनवारको क्षतीको रुपमा बीमा दाबी गर्न सकिने भन्दै बाली बीमा गर्न किसानलाई प्रोत्साहन स्वरुपको कार्यक्रम ल्याएपनि किसान आकर्षित नभएको भट्टराईको भनाई छ ।
भुक्तानी प्रकृया झन्झटिलो भएका कारण किसानले बीमा गर्ने तर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापाले जानकारी दिनुभयो । “साना किसानहरु बीमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बीमा गरेपनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएका समेत हुनसक्छन्” थापाले भन्नुभयो “किसानको पेशा समेत जोखिममा छ, जोखिम न्यूनिकरण र क्षतिपूतीका लागि किसानले बीमा गर्न आवश्यक छ ।”

बाली बीमाप्रति किसानहरु आर्कर्षित नभएपनि पशु बीमामा भने किसानहरु आकर्षित भइरहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो ।
उहाँले पशुबाट बालीको भन्दा बढी क्षति हुनेभएकाले किसानहरु पशु बीमा गर्ने गरेका छन् । पशु बीमा गर्दा लाग्ने प्रिमियमको ८० प्रतिशत संघीय सरकारले छुट दिने गरेको छ भने दुई वर्ष अघि गण्डकी प्रदेशले २० प्रतिशत थप गरेर शत प्रतिशत छुटमा बीमा गर्नेगरेपनि अहिले प्रदेश सरकारको कार्यक्रम भने हटेको सापकोटाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *