बडिगाड घटना अपडेट : पौडेलको शव बागलुङ ल्याइदै


आदर्श अनलाइन, बागलुङ


इलाका प्रहरी कार्यालय भीमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव परिक्षण (पोष्टमार्टम) का लागि बागलुङ तर्फ ल्याइदै छ ।

मंगलबार बागलुङको बडिगाड गाउँपालिका–६ खार बजारको एक होटलमा मृत फेला परेका वरिष्ठ सइ पौडेलको शव पोष्टमार्टम गर्नका लागि बागलुङ ल्याउन थालिएको र आवश्यक परेको पाखरा समेत पठाइने जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।

शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरी अस्पताल र नभए पोखरा समेत पाठाइने बताउनुभयो ।

आशा होटल एण्ड खाजा घरकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तर्फ ल्याइएको प्रहरीको भनाई ।

तस्विर : दिनेश शर्मा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *