बडिगाड घटना अपडेट : होटल सन्चालक आमाछोरा पक्राउ

आदर्श अनलाइन, बागलुङ

होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायव निरिक्षक उज्जल पौडेलको घटनामा अनुसन्धानका का लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भीगगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालीका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेकन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

घटना संकास्पद देखिएको भन्दै प्रहरी उपरिक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमा छोरालाई पक्राउ गरेको छ ।

यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायव निरिक्षक पौडेलको शव पोष्टमार्टम गर्नका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरी अस्पताल र आवश्यक परेमा पोखरा समेत पाठाइने प्रहरीको भनाई छ ।

आशा होटल एण्ड खाजा घरमा गएराती प्रहरी इन्चार्ज पौडेल मृत फेला पर्नुभएको थियो । प्रहरीले घटनाका विषयमा अनुसन्धान पछि मात्रै वास्ताविकता बताउने जनाएको छ । प्रहरी उपरिक्षक खड्काले भन्नुभयो “प्रहरीले गहिरो अनुसन्धानमा छ, प्रहरी इन्चाजको नै यस्तो अवस्था हुनु निकै दुखद् हो, घटना संकास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *