इमेज र शिवशिखर सहकारीको समस्याको विषयमा सांसद पौडेलद्वारा ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ
बागलुङका दुई सहकारीले अरबौं बचत रकम उठाएर सहकारी बन्द गरेको विषय संघीय संसद भित्र पुगेको छ ।

बागलुङ क्षेत्र नम्बर २ का संघीय सांसद देवेन्द्र पौडेलले बुधबार सांसदमा शिव शिखर र इमेज सहकारीहरुले जनताको अरबौं रकम लुटेर सञ्चालक फरार भएको भन्दै कार्वाहीको माग गर्नुभयो ।

उहाँले संसदमा बागलुङमा रहेको शिव शिखर सहकारीको शाखा मार्फत र इमेज सहकारीको मुख्य कार्यालय मार्फत १० हजार जनाको चार अर्ब भन्दा बढी रकम ठगी गरेको बताउदै सञ्चालकलाई पक्राउ गर्न संसदमा ध्यानाकर्षण गर्नुभएको हो ।

देशमा सहकारी पीडितहरुको समस्या बढ्दै गएको बताउदै जनताको बचत रकम ठग्नेहरुलाई कानूनी कार्वाही गर्न माग गर्नुभएको थियो ।

“आफैँ निर्वाचित रहेको जिल्लाका जनताको डेढ अर्ब बचत रकम ठगेर इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली फरार छन्, त्यस्तै शिव शिखर सहकारीलेले समेत बागलुङबाट करोडौं उठाएर फरार भएका छन्” सांसद पौडेलले भन्नुभयो “सहकारी ठग्नेहरुलाई छानबिन गरेर सरकारले कार्वाही गर्नुपर्दछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *