सहिद सप्ताह पारेर ब्याडमिन्टन प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा सहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी बिच डवलमेन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।

No description available.

विभिन्न पेशागत आन्दोलनमा क्रममा राज्यबाट शहिद बनाइएका सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको आयोजित प्रतियोगिताबाट जैमिनी नगरपालिकाका बिजय थापा र खुमन पुनको टोली बिजेता बनेको छ ।

No description available.

त्यसैगरि पूर्वाधार बिकास कार्यालय बागलुङका प्रकाश श्रीस र चन्द्रबहादुर पुनको टोली उपबिजेता बनेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो । बिजेता टिमलाई नगद ८ हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।

No description available.

बिजेता तथा उपबिजेता टिमलाई सहिद सप्ताहको अन्तिम दिन १५ गते हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, संगठनका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज तेजप्रसाद न्यूरे र नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले मनतव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम थापाको अध्यक्षता, सह–सचिव मदन सुवेदीको स्वागत र सचिव मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *