घरबहाल सरोकार महासघं बागलुङको अध्यक्षमा शर्मा

आदर्श अनलाइन, बागलुङ
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति बागलुङले एक भेला बीच रामचन्द्र शर्माको अध्यक्षतामा ११ सदस्यीय घरबहाल सरोकार महासघं बागलुङ कार्यसमिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा ललिता थापा, उपाध्यक्षमा शिवशंकर श्रेष्ठ, सचिवमा गोकुल प्रसाद कँडेल र कोषाध्यक्षमा डिल्ली गौतम चयन हुनुभएको छ ।

समितिका सदस्यहरुमा रामबहादुर बिक, प्रेम कुमारी श्रिस, दिपा पाईजा घर्ति, कविता बस्नेत र रामप्रसाद सुवेदी रहनुभएको नवगठित समितिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता यामनाथ पौडेलले सामाजिक सुरक्षा सहितको बहालकर घटाउनु पर्ने र न्युन कर सहितको बहालदर बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल प्रसाद नेपाली, बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेला होटल व्यवसायी संघ बागलुङका उपाध्यक्ष ललिता थापाको अध्यक्षता, नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका कोषाध्यक्ष राज्ु सुनारको स्वागत र महासचिव कृष्ण चापागार्इंको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *