म्याग्दीमा बेनी–जोमसोमसहित विभिन्न सडक अवरुद्ध

आदर्श अनलाइन, म्याग्दी
बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको बैशरी खण्ड शनिबार बिहान देखिनै अवरुद्ध छ । मुस्ताङ क्षेत्रमा पनि शनिबार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेतेमा सडक अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार थासाङ गाउँपालिकाको लेते खोलामा सडक अवरुद्ध भएको छ । लेते खोलामै घोडाघोडी यातायातको गाडी शनिबार राती फसेको थियो । थासाङ गाउँपालिकाकै कैकु खेलामा रहेको डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाउँदा घाँसा–जोमसोम सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।

कालिगण्डकी करिडोर आयोजना अन्तरगतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अबरुद्ध भएको हो । वर्षाका कारणले गर्दा सिधा यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरुलाइ समस्या भएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सडक मर्मत गरेर सञ्चालनको प्रयास गरिए पनि लेदोसहितको पहिरो झर्न नरोकिएकोले जोखिम भएको बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक भने सुचारु अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *