नगरपालिकाले कानून सम्मत ढंगबाट बजार व्यवस्थापन गर्दै


आदर्श अनलाइन, बागलुङ
सडक पेटिका सामाग्री, ठेला र पोके व्यवसाय धमाधम हटाउदै आएको बागलुङ नगरपालिकाले थप कडाईका साथ बजार व्यवस्थापन गर्ने जनाएको छ ।

बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले सडक अतिक्रमण गरि सामान राख्ने, ठेलामा सामान बेच्ने, नगरको मापदण्ड विपरित संरचना बनाउने सबैलाई कानून सम्मत कार्वाही गर्नेगरी नगरपालिका अगाढी बढेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । उहाँले यो अभियान निरन्तर थप कडाईका साथ चल्ने बताउदै बजार व्यवस्थापन कार्यविधि अनुसार नगरपालिका अगाढी बढेको बताउनुभयो । उहाँले आम नागरिकले यो कामको प्रशंसा गरेको र व्यवसायीहरुबाट समेत सहयोग भइरहेको बताउनुभयो ।

सुन्दर र सफा नगरपालिका निर्माणको लागि यो अभियान निरन्तर चल्ने नगरपालिकाले जनाएको छ । पालिकाले ठेलामा व्यापार गर्ने, खुल्ला रुपमा सामान बिक्रि गर्ने, सटर बाहिर सामान राख्नेको सामान जफत गर्दै आएको छ । यद्धपी कृषि जन्य उत्पादनलाई डोकोमा पनि बिक्रि गर्न दिइने जस्का लागि बिहान ९ बजे सम्म समय प्रदान गरिएको घिमिरेले बताउनुभयो ।

उहाँले स्थानीय सरकरले बनाएको कानुन कार्यन्वयन गर्ने दायित्व जनप्रतिनिधि र सर्वसाधरण नागरिक सबैको रहेको बताउनुभयो । नगरपालिकाले मापदण्ड विपरीतका घर टहरालाई यहि भदौं १ गतेदेखि आफै भत्काइदिने भन्दै सूचना समेत जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *