चिल्ड्रेन लाईफका हजार बढी विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ

चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि परिक्षण शिविर सम्पन्न भएको छ ।

चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल र बागलुङ जेसीजको आयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोग र चिल्ड्रेन लाईफ जुनियर रेडक्रस सर्कलको समन्वयमा शुक्रबार एक दिने आँखा दुष्टि परिक्षण शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले दुबै आँखाको उपचारपछि विद्यार्थीहरुलाई खर्च र समयको बचत भएको बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुका लागि आयोजित गरेको सामाजिक कार्यक्रमबाट अन्य विद्यालयहरुलाई एउटा सकारात्मक सन्देश दिनेमा जोड दिनुभयो ।

कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठ, चिल्ड्रेन लाईफ जुनियर रेडक्रस सर्कलका उपाध्यक्ष नकुल गिरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त शिविरमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थी एंव शिक्षक कर्मचारी गरी १२०० जनाको आँखा परीक्षण गरिएको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयो ।

शिविरको क्रममा ४७ जनाले चश्मा लगाउन पर्ने देखिएको नेत्र सहायक समेत रहनुभएका बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।

शिविर बागलुङ जेसीजका शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, निर्देशक रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *