सुनौलो बागलुङको अध्यक्षमा प्रतेल

आदर्श अनलाइन, बागलुङ
सामजिक कार्यमा सक्रिय सुनौलो बागलुङ संस्थाको अध्यक्षमा दिलिप प्रतेल चयन हुनु भएको छ । संस्थाको शनिबार सम्पन्न दोस्रो साधारण सभाले प्रतेलको अध्यक्षतामा ११ सदस्यीय रहेको समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना र कोषाध्यक्षमा तेरुसा पुन रहनु भएको छ ।

सदस्यमा युवराज पौडेल, स्मृति विश्वकर्मा, रोशनी भुजेल, उर्मिला थापा मगर, लक्ष्मण श्रीस र सञ्जु थापा चयन हुनु भएको छ । सल्लाहकारमा ताराप्रसाद शर्मा, मदन कार्की, मिना परियार, दिलिप पुलामी मगर र फटिक थापालाई चयन गरिएको छ ।

साधारणसभाको उद्घाटनपछि बोल्दै बागलुङका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले समाज र देश परिवर्तनको जिम्मा युवाहरुको काँधमा आएकाले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । देशको सुधार रुपान्तरण युवा बिना सम्भव नभएकाले युवाहरुमा सकरात्मक तथा बैज्ञानिक सोच, अध्यन एवँ क्रियाशिलता आवश्यक रहेको उहाको भनाई थियो ।

सो अवसरमा पत्रकारीता क्षेत्रबाट समाज रुपान्तरण तथा संस्थाको विकासमा सहयोग पु¥याएको भन्दै पत्रकार कोपीला कँडेल र विजय रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल दलित पार्टीका अध्यक्ष भक्तबहादुर रसाइली, संस्थाका संस्थापक सचिव राजेश श्रीस मगर र उपाध्यक्ष दिलिप प्रतेलले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष स्वेता घर्ती सरिताको अध्यक्षता उपसमिति अध्यक्ष ममता कार्कीको स्वागत र सचिव प्रदिप श्रीस मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *