धार्मिक गन्तव्य बन्यो ऐतिहासिक ओदानेश्वर, भक्तजनहरुको घुँइचो (फोटो सहित)


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका–७ रेशको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि अहिले चर्चामा आएको छ ।

प्रचारप्रसारका कारण ओदानडाँडामा रहेको ओदानेश्वर महादेव मन्दिर दर्शनका लागि भक्तजनहरुको भीड लाग्न थालेको छ । साउनको चौथो सोमबार मात्रै एक हजार भन्दा बढी दर्शनार्थीले मन्दिर दर्शन गरेको ओदानडाँडा व्यवस्थापन समितिले जनाएको छ ।


आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानमा पूर्वाधार निर्माण र मन्दिरको संरक्षण पछि धार्मिक पर्यटकहरु पुग्ने गरेको पाइएको छ । ऐतिहासिक महत्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा सो क्षेत्रमा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् ।



ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडामा रहेको ओदानेश्वर महादेव दर्शनका लागि साउनको प्रत्येक सोमबार दर्शनार्थीको भीड नै लाग्ने गरेको ओदानडाँडा संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।
ओदान रहेको मन्दिर, सत्तल, पदमार्ग, प्रवेशद्वार, शिवजीको मुर्ती सहित आकर्षक पानीको फोहोरासहितको पोखरी सहीत तारबार गरेपछि ओदानडाँडाको रौनकता थपिएको छ । ओदानडाँडामा पूर्वाधार निर्माण गर्न रेश वडा कार्यालय काठेखोला गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयहरुले आर्थिक सहयोग गरेको जग्गा व्यवस्थापनको काम भएको छ ।



बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । साउनको सोमबार टाढा–टाढाबाट समेत सयौ भक्तजनहरु आउ थालेको गौतमले जानकारी दिनुभयो ।

साउनको चौथो सोमबार अहिले सम्मकै धेरै भक्तजनहरु मन्दिर दर्शनका लागि रेशको ओदानेश्वर महादेवमा आएको पाइएको छ । चौथो सोमबार प्रर्खर कथा बाचक भरत सुवेदी ज्यूको सुमधुर स्वरमा पुरुषोत्तम पुराणको कथा प्रवचन गरिएको थियो भने जिल्ला भजन समिति बागलुङको टोलीबाट ओदानेश्वर महादेवको महिमा समेटिएको भजन प्रस्तुत गरिएको थियो ।



भक्तजनहरुको माग र सहयोग अनुसार लोकभजन तथा कथा वाचकको कार्यक्रम समेत समेटिएको ओदानेशवर मन्दिर व्यवस्थापन समितिले जनाएको छ । ओदानेश्वर मन्दिरको महिमा बढ्दै गएपछि भक्तजनहरुलाई लक्षित गरी खानेपानी, शौचालय समेत निर्माण गरिएको छ । ओदानडाँडामाको पूर्वाधार निर्माणमा मात्रै एक करोड खर्च भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *