क्रिकेट संघ बागलुङको अध्यक्षमा आचार्य

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य चयन हुनुभएको छ । मंगलबार भएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरुमा डिल बहादुर केसी, दिपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो, प्रदिप खत्री र खिम बहादुर थापा चयन भएका छन् ।

उद्घाटन पछि बोल्दै गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले क्रिकेट संघको विधान आइसिसिबाट नै पारित भएको हुँदा अरु संघको जस्तो जो पनि सदस्य हुन नसक्ने र क्रिकेट संघको सदस्यको लागि निश्चित मापदण्ड पुरा गर्नुपर्ने भएकाले काम गर्नेहरु मात्र संघमा आवद्ध हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, एजिल स्पोर्टस् एकेडेमीका संचालक खिम छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बागलुङ जिल्ला क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता, सदस्य अविषेक कट्वालको स्वागत मन्तव्य र सदस्य गणेश महतोले संचालन गर्नुभएको थियो ।

बागलुङमा २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन गरिएको थियो । उक्त समितिलाई तदर्थ समितिको रुपमा नेपाल क्रिकेट संघ (क्यान)ले २०७९ माघमा सदस्यताको मान्यता प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *