कुडुँलेमा बाढीको वितण्डा


आदर्श अनलाइन, बागलुङ
अबिरल वर्षापछि आएको बाढीले बागलुङ नगरपालिका–४ कुडुँलेमा वितण्डा मच्चाएको छ । बाढीले बागलुङ बेनी सडकमा क्षती पु¥याएको छ भने एक घर डुबानमा परेको छ ।

कुडुँले छापामा रहेको बलिभद्र आचार्यको घर डुबानमा परेको छ भने थुप्रै रोपनी खेत डुबाउदा धानबाली नष्ट गरेको छ । बस्तीमाथीबाट आएको भल सडक नालीले थेग्न नसकेपछि बस्तीमा पसेको थियो ।

बाढीले दुई घण्टा सडक समेत अबरुद्ध पारेको थियो । अबरुद्ध सडक र डुबानमा परेको बस्तीको पानी पन्छाउन सडक डिभिजन कार्यालय बागलुङको डोजर, नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, बानपा चारका वडा अध्यक्ष कुमार विक्रम क्षत्री, नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरी, दिपेन्द्र भण्डारी र शसस्त्र प्रहरी, नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।



लेदो माटोसहितको भल सडकमा थुप्रिदा घर तथा खेत डुबानमा परेको थियो । अबिरल वर्षाले बागलुङ बजार समेत जलमग्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *