आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । संस्थाका शेयर सदस्य मोहन के.सीकी आमा, शेयर सदस्यहरु उमादेवी केसी र भगवती के.सीकी सासुआमा तथा संस्थाका कर्मचारी इस्टाफन के.सीकी हजुरआमा नन्दकली के.सी.को निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
काठेखोला गाउँपालिका–२ भिमापोखरा स्थायी घर भई हाल बा.न.पा.–३ गुठी, निवासी के.सीको निधन भएको सातौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।
श्रद्धाञ्जली सभामा संस्थाका सञ्चालक गीता खड्का, अम्बिका जि.सी., प्रबन्धक दिपकराज सापकोटा लगायतले सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद पन्ध्र हजार रुपैयाँ स्वर्गीय के.सीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।