भैरवस्थानमा हरेलो मेलाको तयारी तीव्र


सुजन रेग्मी, बागलुङ
बागलुङको प्रशिद्ध शक्तिपिठ मध्येको एक भैरवस्थान मन्दिरमा ऐतिहासिक हरेलो मेलाको तयारी थालिएको छ ।

बागलुङ नगरपालिका वडा नं १२ रहेको भैरवस्थान मन्दिरमा ऐतिहासिक हरेलो मेलालाई भव्य बनाउनका लागि तयारीलाई तिब्रता दिइएको छ । भैरवस्थान मन्दिर गुठि व्यवस्थापन समितिले आगामी भदौ ५ गतेदेखि दोश्रो हरेलो मेला गर्न लागेको बताउदै ऐतिहासिक हरोलो मेलाई भव्य बनाउन प्रचार प्रसारको कामलाई तिब्रता दिइएको छ ।

भैरवस्थान मन्दिरको महिमा बढाउन, कला र संस्कृतिको जर्गेना गर्न, स्थानीय उत्पादन व्यापार र प्रर्बद्धन गर्नका लागि हरोलो मेलाको आयोजना गरिएको भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनुभयो । मेलाले भैरवस्थान मन्दिरको प्रचार प्रसारमा सहयोग पुग्ने बताउदै दोस्रो हरेलो मेलाको आयोजना गरिएको हो ।

मेलाको अवसरमा भैरवस्थान लोक भजन, ख्याती प्राप्त कलाकारको सांगीतिक प्रस्तुति साथै छेलो प्रतियोगिता हुने व्यवस्थापन समितिका सचिव भिम पौडेलले बताउनुभयो । बाइसे चौबीसे राज्य सञ्चालनको समयमा वि.स १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० औ पर्यटकीय गन्तव्यमा समेत सुचिकृत भइसकेको छ ।

भैरवस्थान मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनिएपनि उक्त मन्दिरको जीर्णोद्वार हुन सकेको छैन । हरेलो मेलामा रु. १३ लाख आम्दामी र रु. ११ लाख १० हजारको खर्च हुने अनुमान गरिएको छ । मेलामा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने बताइएको छ ।
मेलाको लागि बागलुग नगरपालिकाको विशेष सहयोग रहने छ भने मेलामा ५ स्टलहरु राखिने छन् । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ ।

खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको छ । मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *