३ विद्यार्थीले ४ जिपिए ल्याउदै चिल्ड्रेन लाईफ एसईईमा प्रदेशकै सर्वोत्कृष्ट

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल एसईईमा उत्कृष्ट अंक ल्याउदै प्रदेशकै सर्वोत्कृष्ट बनेको छ ।

एसईई नतिजाको पुनर्योगको हालै प्रकाशित नतिजा अनुसार विद्यालयका छात्र प्रतिक घिमिरे,छात्रा प्रमिशा के.सी र छात्र संस्कार कँडेलको नतिजामा सुधार भएको हो ।

एसईईमा विद्यालयको तर्फबाट सायन भण्डारी, रक्षा घिमिरे र प्रतिक घिमिरेले चार जिपिए ल्याउनुभएको छ । जसमध्ये चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलबाट कूल ७६ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरी एसईईमा उत्तिर्ण भएका छन् ।

हालै भएको एसईई परिमार्जित नतिजा अन्तरर्गत चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका ३ जना विद्यार्थीले ४ जिपिए, ३८ जना विद्यार्थीले ए प्लस, ३४ जना विद्यार्थीले ए र ५ जना विद्यार्थीले बि प्लस अंक हासिल गरेको विद्यालयका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले यस विद्यालयका विद्यार्थीले अञ्चलकै मात्र नभएर सम्रग प्रदेशको तर्फबाट सर्वोत्कृष्ट नतिजा हासिल गरेको बताउनुभयो ।

अहिले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त गरेको साविकको धौलागिरी अञ्चलकै उत्कृष्ट विद्मालयको रुपमा परिचित छ । स्कुलले आइएसओ चिन्ह ९००१ ः २०१५ प्राप्त गरेको थियो । विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको हो ।

आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका शिक्षक जीवन रोका क्षेत्रीले बताउनुभयो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ ।
हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १७०० जना विद्यार्थी र १५० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले लिने कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार बागलुङका तीन सामुदायिक र एक संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए अंक ल्याएका छन् ।

चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका ३ जना, गणेश माध्यमिक विद्यालय नारायणस्थानका दुई जना, रुद्रेपिपल माध्यमिक विद्यालयका एक जना र भीमगिठे माध्यमिक विद्यालयका एक जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *