भाद्र महिना सम्म बन्जीपुलमा निःशुल्क यात्रा गर्न पाइने


आदर्श अनलाइन, बागलुङ
पर्वतको कुश्मा देखि बलेवा जोड्ने विश्वकै दोस्रो अग्लो बन्जी पुल पार गर्न निःशुल्क पाइने भएको छ । बागलुङ बजार देखि दक्षिण भेग संग जोडिएको सडक सञ्जाल बिच्छेद हुनेक्रम बढेपछि कुश्मा देखि बागलुङ जोड्ने बन्जी पुलमा निःशुल्क यात्राको व्यवस्था मिलाइएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डे स्थित एक्लेसालको गलुवामा बर्षाका कारण मोटरबाटो अवरुद्ध हुने क्रम बढेकाले बलेवाबाट यात्रा गर्ने नगरबासीहरुलाई बन्जीपुलबाट निःशुल्क आवत जावतको व्यवस्था मिलाइएको छ ।

बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का र बलेवा–कुश्मा बन्जी द क्लिफ प्रा.लिका संचालक राजु कार्कीको सम्झौता अनुसार बलेवाका तीन वडाका बासिन्दालाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको हो । उक्त पुल वारपारका लागि स्थानीयलाई रु. ६० रुपैया शुल्क लाग्ने गरेको थियो । अन्य पर्यटकहरुले भने प्रवेश शुल्क वापत रु. एक सय तिर्दै आएका छन् । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको बलेवा जाने सडक सञ्जाल पटक–पटक अबरुद्ध हुँदा बलेवा पुग्ने स्थानीयलाई सास्ती भएपछि बन्जी पुलबाट निःशुल्क वारपार गर्ने व्यवस्था मिलाइएको हो ।

बलेवाको वडा नम्बर १२,१३ र १४ का नगरबासीहरुले नागरिकता वा परिचय पत्र देखाएर बन्जी पुलमा निःशुल्क आवत जावत गर्न पाउने व्यवस्था मिलाइएको हो । “बलेवा पुग्न अहिले निकै कठिन भएको छ, वगर्खामा गलुवा स्थित एक्लेसाको पहिरोले करिडो र एडिबीको सडक निरन्तर अबरुद्ध भइरहेको छ” त्यहाँका स्थानीयहरुलाई कुश्मा हुँदै आउजाउका लागि बन्जीपुल प्रयोग गर्न र बन्जी पुलमा लाग्ने शुल्क भदौ सम्मका लागि निःशुःल्क गरिएको छ” खड्काले भन्नुभयो “नगरवासीहरु बागलुङ आउन समेत कुश्माबाट सक्नेछन् भने खरिद विक्रिका लागि कुशमा बजार नै छ, एक्लेसालको पहिरोले दक्षिण भेगलाई सडक संजाल संग टुटाउदा यात्रुहरुको सास्तीलाई मध्यनजर गर्दै पुलमा लाग्ने शुल्क निःशुल्क गरिएको हो ।”

बर्षाका कारण गलुवाको पहिरोमा हरेक दिन जसो डोजर लगाउनु पर्ने र यात्रुहरुलाई समेत ढुङ्गा खसेर लाग्ने समस्याका कारण यात्रुहरुलाई कुशमा हुँदैको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
बर्षाका कारण गलुवा स्थित एक्लेसालमा आएको पहिरोका कारण करिडोर र एडिबि र ग्रामिण सडग गरी तीन वटै सडक अबरुद्ध भएको छ । पहिरोका कारण कालिगण्डकी करिडोरका यात्रु, जैमिनी, बरेङ सहित नारायणस्थान, पैयुपाटा, अमलाचौर तथा भकुण्डेका केही स्थानका नागरिक प्रभावित भएका छन ।

कालीगण्डकी करिडोरलाई नियमित रुपमा संचालनका लागि निरन्तर प्रयास भैरहेको पनि उप प्रमुख खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार वर्षात रोकिएपछि करिडोरको मात्रै पहिरो पन्छाएर एकतर्फी रुपमा भएपनि सडक सञ्चालन गर्ने योजना नगरपालिकाले बनाएको बताउनुभयो । बलेवाका जनतालई प्रशे शुल्क निःशुल्क बनाउदा बन्जी पुल र बन्जी संग जोडिएको स्विङ लगायतका अन्य शाहसिक खेलहरुको समेत थप प्रर्बद्धन हुने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *