नेपाल शिक्षक महासंघको धर्ना

आदर्श अनलाइन, बागलुङ
शिक्षा विधेयक २०८० को नेपाल शिक्षक महासंघ बागलुङले विरोध जनाएको छ । शिक्षा विधेयक २०८० को प्रावधानमा ५१ बुँदे संसोधनको माग राख्दै नेपाल शिक्षक महासंघले मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना गरेका छन् ।

उनीहरुले सरकारले हालै ल्याएको शिक्षा बिधेयकका अधिकांस प्रावधान फेर्नुपर्ने बताउदै आन्दोलमा उत्रेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य गोबिन्द भण्डारीले बताउनुभयो ।

महासंघको नेतृत्वमा भएपनि शिक्षकका पेशागत संगठनहरु सडकमा उत्रेका हुन् । उनीहरुले आइतबार देशभरका ७ सय ५३ वटा स्थानीय तहमा बिरोधका कार्यक्रम सम्पन्न गरेका थिए ।

मंगलबार इकाइको धर्नामा उत्रेका हुन् । बिहिबार फेरी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय घेराउ गर्ने योजना बनाएको शिक्षकहरुले जनाएका छन् । २०२८ सालको शिक्षा ऐनपछि अहिले आएको शिक्षा ऐनमा धेरै त्रुटी भएको शिक्षकहरुले बताएका छन् ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य पुस्कर सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य गोबिन्द भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गंगाकुमारी शर्मा, अखिल नेपाल शिक्षक संघका अध्यक्ष मित्रदत्त ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बीरबहादुर चोखाल, प्रगतीशिल शिक्षक संघकी जिल्ला अध्यक्ष जमुना बुढाथोकी, हिस्टोनका अध्यक्ष बिक्रम पौडेल, प्रगतीशिल शिक्षक संगठनका अध्यक्ष चुडामणी सुवेदी, राहत शिक्षक हरि कुँवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिक्ष विधेयकको विरोधमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद पौडेललाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।

कार्यक्रम नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, नेपाल शिक्षक संघका सचिव राजेन्द्र पौडेलको संचालन तथा नेपाल शिक्षक महासंघका उपाध्यक्ष छविरमण रेग्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *