राष्ट्रिय युवा संघ नेपालद्घारा महिला खेलाडीलाई खेलकुद सामाग्री वितरण

प्रवेश पौडेल, बागलुङ

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले बागलुङ जिल्लामा रहेका महिला भलिवल खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले नगर कमिटि बागलुङका अध्यक्ष धन बहादुर परियारले खेलकुद क्षेत्रले खेलाडीहरुलाई मान सम्मान तथा ईज्जत खेलकुद बाट पाउने बताउनुभयो ।

उहाँले खेलकुद अहिले ओझेलमा परेको र यसको संरक्षणको लागि युवाले हातेमालो गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ अध्यक्ष बुद्ध बोहोरा, सचिवालय सदस्य समिर छन्त्याल, राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि सदस्य साकार अधिकारी, नेपाल राष्ट्रिय मुवांथाई संघ बागलुङ जिल्ला अध्यक्ष रविन्द्र खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले महिला खेलाडीहरुलाई दुई थान भलिवल, एक थान भलिवल नेट र पम्प वितरण गरेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष बुद्ध बोहोराको अध्यक्षतामा र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ प्रचारप्रसार विभाग प्रमुख प्रवेश पौडेलको संचालनमा सम्पन्न भएको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *