बागलुङ सेवा समाज बहराइनको अध्यक्षमा मगर र महासचिवमा कुँवर निर्वाचित

आदर्श अनलाइन, बागलुङ
बागलुङ सेवा समाज बहराइनको अध्यक्षमा मिलन मगर निर्वाचित हुनु भएको छ । उपाध्यक्ष याम पुन मगर र मन कुमारी केसी महासचिव भोव बहादुर कुँवर क्षेत्री, कोषाध्यक्ष अम्मर पुन, सचिव तिर्थ घर्ती मगर, सह–सचीव नलिना परियार, सह–कोषाध्यक्ष जानुका कौशल निर्विरोध निर्वाचित हुनु भएको हो ।

व्यवस्थापन संयोजक मनोज छन्त्याल, साँस्कृतिक संयोजक मिलन भण्डारी, युवा संयोजक अभिषेक श्रीपाली चयन हुनु भएको छ । सदस्यहरुमा भिम परियार, सुर्य प्रसाद श्रेष्ठ, सुजित सिङ, गोपाल विक बिनु परियार, खेलकुद संयोज पदम विक, खेलकुद सचिव अभि थापा निर्वाचित हुनु भएको नवनिर्वाचित महासचिव भाेवबहादुर कुँवरले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख दिपेन्द्र कुँवर, उप–प्रमुख प्रसद परियारले सपथ खुवाउनुका साथै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । “विकासिलता र सृजनसिलता बागलुङको आवश्यकता, सभ्य र समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यवद्वता” भन्ने मुल नाराको साथ सन् २०१३ मा स्थापना भएको बागलुङ सेवा समाज बहराइनले सामाजिक कार्य गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *