राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान बागलुङको २० औ वार्षिक साधारण सभा

आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको २० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालले कला संस्कृतिको संरक्षण गर्दै देशको पहिचानका लागि निरन्तर रुपमा लागेका कलाकारहरुलाई सरकारले अझै पनि चिन्न नसकेको बताउनुभयो ।

अन्य क्षेत्रमा नयाँ पुस्तको चाम घटिरहेको अवस्थामा लोकसंगित तर्फ भने नयाँ नयाँ पुस्ताको आकर्षण बढि रहेको उहाँको भनाई थियो । उहाँले कला संस्कृति मार्फत समाज रुपान्तरण लागि पनि योगदान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठान बागलुङका संरक्षक एवं गण्डकी प्रदेशका सल्लाहकार लक्ष्मण श्री, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य, कालिका भगवती गुठीका विद्या खड्का, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य ताराप्रसाद शर्मा, प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङका अध्यक्ष टेकबहादुर क्षेत्री संगम, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङका पूर्व अध्यक्ष रेणु केसी, पूर्व अध्यक्ष किरण थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठान बागलुङका सचिव सुमन खड्काले सांगठनिक तथा कोषाध्यक्ष कल्पना चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा संस्थाको कार्य समितिमा रहेर उत्कृष्ट कार्य गरेको भन्दै प्रतिष्ठानका सदस्य सुनिता परियारलाई सम्मान गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र सचिव सुमन खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *