काठमाडौँबाट बेनी आउँदै गरेको बस दुर्घटनामा ८ जनाको मृत्यु


आदर्श अनलाइन, बागलुङ
काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

धादिङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।
घाइते ८ जनाको उद्दार भइसकेको छ ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *