बाँदरको आतंक रोक्न अध्ययन हुँदैछ : मन्त्री थापा

आदर्श अनलाइन, म्याग्दी
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले बाँदर आतंक न्यूनिकरणका लागि विज्ञ टोली बनाएरै अध्ययन थालिएको बताउनुभएको छ ।

कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री बाँदरलाई निश्चित क्षेत्रमा व्यवस्थापन गर्न अध्ययन भइरहेको बताउनुभयो ।

पछिल्लो दशक भएको डोजरे विकासले अधिकांश वर, पिपलका रुख र बाँदले खाने फलफुलका बोट नासिएपछि मानव बस्तीमा पस्न थालेको उहाँको भनाइ छ । वन खुल्ला बैंक भएको भन्दै नीति बनाएर नागरिकलाई आयआर्जनसँग जोड्ने मन्त्री थापाले बताउनुभयो ।

गण्डकी प्रदेश पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेको हुनाले यहाँको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले काम गरि रहेको बताउनुभयो । बाह्य पर्यटक भित्राउन धौलागिरी चक्रिय मार्गका लागि ५० लाख बजेट विनियोजन भएको भन्दै अन्य सम्भावनाको पनि अध्ययन भै रहेको उहाको भनाइ छ । विदेशी मदिरा विस्थापित गर्दै स्थानीय मदिरा ब्राण्डिङ गरेर रोजगार र व्यापार दुवै बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापाले बताउनुभयो ।

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषिबाट समृद्ध हाँसिल गर्न सक्ने बताउनुभयो । कृषि उत्पादनको वृद्धि र बजारीकरणलाई स्थानीय तहले ध्यान दिनु पर्ने भन्दै कृषकको उत्पादनलाई बजारीकरण गरि दिन उहाँले आग्रह गर्नु भयो । लम्पी स्कीनले पौने दुई अर्ब हाराहारीको क्षति भएकोले त्यसको क्षतिप्रर्ति केन्द्र सरकारले दिनु पर्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *