धम्जा माझकटेरामा हरितालिका तीज मेला हुने

रोहन जि.सी, बागलुङ

“ सहमती, सहकार्य र एकता माझकटेराको पहिचान, कला, संस्कृति, खेलकुद र विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ गौंथली सामुदायिक विकास केन्द्र, काठेखोला-३, धम्जा, बागलुङले हरितालिका तीज मेलाको आयोजना गरेको छ ।

उक्त तीज मेला भदौ २७ गतेदेखी असोज १ गतेसम्म संचालन हुने छ । मेलाको उद्घाटन २०८० भाद्र २८ गते गौथली खेल मैदान, माझकटेरामा हुने गौथली सामुदायिक विकास केन्द्र बागलुङका अध्यक्ष तिलक खड्काले जानकारी दिनुभयो ।

मेलामा साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, प्रौड भलिबल प्रतियोगिता, महिला तिज गीत प्रतियोगिता, महिला लठो तान्ने प्रतियोगिता, महिला म्युजिकल चियर प्रतियोगिता र खुल्ला पुरुष भाले छुने प्रतियोगिताको आयोजना गरेको मेलाका कार्यक्रम संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

साथै मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गौथली सामुदायिक विकास केन्द्र बागलुङका कोषाध्यक्ष सन्तोश भण्डारीले बताउनुभयो । गौंथली सामुदायिक विकास केन्द्र, धम्जा बागलुङले प्रत्येक वर्ष विभिन्न सामाजिक तथा सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *