बागलुङमा ‘ग्लोबल एजुकेशन एक्सपो हुँदै

आदर्श अनलाइन, बागलुङ

वैदेशिक शिक्षाका क्षेत्रमा परामर्शदाताको काम गरिरहेको संस्था ओली एण्ड एसोसिएट्सले मंगलबार ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ।

विगत १० वर्षदेखि बागलुङमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसोसिएट्सले भदौ १९ गते एक्सपो आयोजना गर्ने जनाएको हो। उच्चशिक्षाका लागि अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक सूचना र प्रक्रियाको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको छ । होटल प्रभामा १९ गते बिहान ११ बजेबाट कार्यक्रम गर्ने एसोसिएट्स बागलुङका म्यानेजर गणेश पौडेलले जानकारी दिनु भयो ।

एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेटेर जानकारी लिन सक्नेछन्। एक्सपोमा विद्यार्थीले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी कक्षा लगायत सम्पूर्ण विषयमा जानकारी लिन सक्ने एसोसिएट्स सिनियर काउन्सीलर धना शर्माले बताउनु भयो ।

एक्सपोमा विद्यार्थीलाई रिफ्रेसमेन्टको पनि व्यवस्था गरिएको र आफूलाई अनुकुल हुने स्थानमा गएर परामर्श लिन सक्ने ओली एण्ड एसोसिएट्सले जनाएको छ। सन २००२ मा नेपाल तथा अष्ट्रेलियामा एक साथ सञ्चालित भएको ओली एण्ड एसोसिएट्सले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौँमा तथा अष्ट्रेलियाका मुख्य शहरहरुमा शाखा कार्यालय रहेको संस्थाले बागलुङका सथै झापाको विर्तामोडमा, झापाको दमकमा, इटहरी, ललितपुरमा, चितवन, पोखरा, बुुटवल, महेन्द्रनगरमा यस आसपासका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *