चार महिने सिपमुलक तालिम शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा चार महिने सिपमुलक तालिम शुरु भएको छ । आत्मनिर्भरका लागि सिपमुलक तालिम सञ्चालन गर्दै आएको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र (डिआइआरडिसी) बागलुङले चार महिने सिलाईकटाई, हाउस वाइरिङ र ग्रिल सम्बन्धी चार महिने तालिम दिन शुरु गरेको छ ।

चार महिने तालिमको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि बोल्दै पाठकले युवाहरु पलायन भइरहेको सन्र्दभमा स्वदेशमै आत्मनिर्भरताका लागि सिपमुलक तालिमले सहयोग गर्ने बताउनुभयो ।

उहाँले युवायुवतीलाई सिपमुलक तालिम पश्चात आफ्नै खुट्टामा उभिन सकिने बताउदै स्थानीय तहले समेत यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

“युवाहरु बाहिर जाने परिपाटी बढेको छ, सिप नभए बाहिर जादा समेत दुख पाइन्छ” पाठकले भन्नुभयो “दक्ष जनशक्तिको देशमै खाँचो छ, संभावना समेत छ, अहिले सिलाईकटाई, मेटल र विद्युत जडानको कामबाट धेरैले स्वदेशमे रोजगारी पाएका पनि छन् ।”

कार्यक्रममा सिलाई कटाई पुरा गरी सिप परिक्षा समेत पाश गरेकालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, प्रशिक्षकहरु पार्वती परियार, दिनश विक, मुकुन्द पौडले र सहभागीबाट जमुना परियारले मन्तव्य व्यक्त गर्नूभएको थियो ।

कार्यक्रम धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रका परियोजना प्रमुख शालिकराम शर्माको अध्यक्षता, सञ्चालक समिति लक्ष्मी बाँस्कोटाको स्वागत तथा सचिव भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा विपन्न, गरिव तथा पीछाडिएको वर्गका युवायुवतीहरुलाई प्राथमिकता दिइएको छ । हाउस वाइरिङ तालिम र सिलाई कटाई तालिममा ३०÷३० जना र मेटल सम्बन्धी तालिममा २० जना गरी तालिममा ८० जना सहभागी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *