भदौ २३ देखि जेसीस सप्ताह

आदर्श अनलाइन, बागलुङ
युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा ‘जेसीस सप्ताह २०२३’ हुने भएको छ । स्थापना कालदेखि नै सप्ताह व्यापीरुपमा विभिन्न कार्यक्रमका साथ प्रमुख चाडको रुपमा मनाउदै आएको बागलुङ जेसीजले जेसीज सप्ताह यस वर्ष भदौ २३ देखि २९ गतेसम्म संचालन गर्ने भएको हो ।

सप्ताहको वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवँ सप्ताहका मुल संयोजक गणेश महतोले सप्ताह व्यापी रुपमा आयोजना हुने कार्यक्रम र कार्यक्रम सम्पन्न गर्नका लागि संयोजकहरु समेत तय भएको जानकारी दिनुभयो ।

सप्ताहको पहिलो दिन भदौ २३ गते शनिवार उद्घाटन तथा यवा सम्मान, २४ गते आइतवार स्वर्गिय सत्यदेवी स्मृति स्लो वाइक रेस प्रतियोगिता, २५ गते सोमवार बिद्यालय स्तरिय रमपम नृत्य प्रतियोगिता, २६ गते मंगलवार लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, २७ गते बुधवार भिरलाङ्खुरी हाइकिङ तथा प्रभावकारी भाषण कला तालिम आयोजना गरिएको महतोले जानकारी दिनुभयो ।

त्यसैगरि भदौ २८ गते बिहिवार बागलुङका विभिन्न सामाजिक संघसंस्था बिच फुटसल र सप्ताहको अन्तिम दिन २९ गते शुक्रवार समापन समारोह एवँ स्वर्गिय प्रगति स्मृति अन्तर मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगिता सहित पुरस्कार वितरण हुने उहाँले बताउनुभयो ।

सप्ताह सञ्चालनका लागि २ लाख ६६ हजार ३२ रुपैयाको खर्च अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता र महासचिव अञ्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *