आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माध्यिमक विद्यालय बागलुङले नयाँ सत्रमा अध्ययनका लागि कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले सीप,संस्कार र प्रविधियुक्त शिक्षाको आवश्यकता रहेको बताउदै विद्यालयको शैक्षिक गुणस्तरको निम्ति आफ्नो तर्फबाट सक्दो साथ रहने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाँले विद्यालयको उन्नतीका लागि विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्य, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, विद्यालयमा नवआगन्तुक विद्यार्थी शुभेच्छा विकले मन्तव्य व्यक्त गर्नु भएको थियो । कक्षा १२ का छात्रा लक्ष्मी थापा श्रीषको अध्यक्षता, विद्यार्थी एन्जिलिना क्षेत्रीको स्वागत र सन्धा शर्मा र रज्जिता थापाको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा कक्षा ११ मा अध्ययन गर्ने ४ सय ४७ विद्यार्थीलाई स्वागत गरिएको थियो । विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्यापन हुँदै आएको छ ।