मेलमिलाप महिला समूह बागलुङद्वारा जेष्ठ नागरिकलाई सम्मान

आदर्श अनलाइन, बागलुङ

हरितालिका तीजको अवसरमा मेलमिलाप महिला समूह बागलुङको आयोजनामा दरखाने, शुभकामना आदान प्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक जैकला कार्कीले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै कार्कीले तीजलाई मनोरञ्जनात्मक ढंगले मात्र नभएर सामाजिक र रचनात्मक रूपमा मनाउन पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ब्रहमाकुमारी इश्वरी विश्वविद्यालय बागलुङका सावित्री दिदी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु), अन्तरपार्टी महिला सञ्जाल बागलुङका उपाध्यक्ष भगवती केसी, सामुदायिक सेवा केन्द्र बागलुङका अध्यक्ष लिला खडका, मेलमिलाप महिला समूह बागलुङका सल्लाहकार पोटकुमारी जि.सी, सिता शर्मा, हर्क बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जेष्ठ नागरिक महिला सम्मान अन्तर्गत १०१ वर्षीय जैकला कार्की र ८४ वर्षीय कृष्ण कुमारी खड्कालाई सम्मान गरिएको थियो ।

कार्यक्रम मेलमिलाप महिला समूह, बागलुङका अध्यक्ष गुमा छन्त्यालको अध्यक्षता, उपाध्यक्ष जमुना रायमाझीको स्वागत तथा सचिव रेणु के सी हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *