निगरानी समुह सहकारी पीडितको पक्षमा छ : उपाध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ
इमेज पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेर उठाएका विषयवस्तु माथी गम्भिर ध्यानकर्षण भएको भन्दै भ्रष्टचार विरुद्ध नागरिक निगरानी समुहले प्रे स विज्ञप्ती जारी गरेको छ ।

मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरेर समुहका उपाध्यक्ष यकबहादुर केसी (संगम)ले सहकारी पीडितहरुको पक्षमा आफु सदैव रहेको भन्दै गलत प्रवृतीको विरोध गरेको बताउनुभयो ।

निगरानी समुहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इमेज पीडित संघर्ष समितिको विरुद्धमा निगरानी समुहका उपाध्यक्ष केसीले अभिव्यक्ती दिएको भन्दै संघर्ष समितिले भदौ २४ गते पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डिलबहादुर कार्कीले इमसेज सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीले सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरि जोडेको व्यक्तिगत सम्पत्तीलाई संघर्ष समितीले संरक्षण गरेको विषयलाई नागरिक निगरानी समुहका उपाध्यक्षले अतिरञ्जित गरि पीडितलाई थप पीडा दिने कार्य गरेको बताउनु भएको थियो ।

मंगलबार निगरानी समुहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेस विज्ञप्ती जारी गरेर निगरानी समुह सधै सहकारी पीडितहरुको पक्षमा रहेको र पीडितलाई पीडा दिने गरी कुनैपनि गतिविधि नगरेको समुहका उपाध्यक्ष केसीले बताउनु भयो ।

निगरानी समुहले अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गरको विज्ञप्ती जारी गर्दै कानुनको अधिनमा रहि समाज प्रति दायित्व र अनियमितताको खबरदारी गर्न समुह गर्ने भन्दै कानुनलाई हातमा लिएर बलजफती गरिने कार्यप्रती निरन्तर निगरानी रहने उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती

यो पनि पढ्नुहोस्