स्वास्थ्य कार्यालयको वार्षिक समिक्षा

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यक्रमको वार्षिक समिक्षा सुरु गरेको छ । शुक्रबारदेखि जिल्लाका १० वटा स्थानीय तहमा गत आर्थिक वर्षमा भएको प्रगति विवरणको समिक्षा सुरु गरिएको हो ।

कार्यक्रमको उदघाट्न गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले जिल्लाको दुरदराजका आमनागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटेर सर्वसाधारणको जिवन रक्षाका लागि महत्वपुर्ण भुमिका खेल्ने स्वास्थ्यकर्मी धन्यबादको पात्र रहेको बताउनुभयाे । उहाँले बागलुङका हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा सहज ढंगले पु¥याउन स्थानिय तहले निरन्तर जोड दिनुपर्ने बताउनुभयाे । थापाले स्थानीय तहले बजेट विनियोजन गर्दा अन्य कार्यक्रम सरह प्राथमिकतामा राखेर गर्नका निम्ती आग्रह गर्नुभयाे ।

कार्यक्रममा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका नीति योजना अनुगमन मुल्याङ्कन महाशाखा प्रमुख एवं स्वास्थ्य कार्यालय बागलुङ पूर्व प्रमुख दिपकप्रसाद तिवारी, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्लाको वार्षिक प्रगती र स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी गराउनु भएकाे थियाे । दुई दिनसम्म सच्चालन हुने समिक्षा कार्यक्रममा प्रत्येक पालिकाको छुट्टाछुट्टै प्रस्तुतीकरण हुने छ भने प्रत्येक सूचकका बारेमा छलफल गरिने स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयाे । कार्यक्रममा सवै स्थानिय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल गैहसरकारी संस्थाहरुको सहभागिता रहेको छ ।

कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता, क्षयकृष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *