कालिका सहकारीको साधारणसभा, सबै सहकारीहरु बिग्रिएका छैनन् : प्रमुख थापा


आदर्श अनलाइन, बागलुङ
धौलागिरीकै पुरानो सहकारी कालिका सहकारी संस्थाको छैटौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटनपछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले अहिलेको अवस्थामा सबै सहकारीहरुलाई एउटै हिसाबले हेर्न नहुँने बताउनुभयो । एउटा–दुईवटा सहकारीहरु बिग्रदैमा सबै सहकारीहरु उस्तै हुन् भन्ने धारणा त्याग्न सबैलाई आग्रह गर्नुभयो ।
सहकारी ऐन अन्र्तगत चलेका सहकारीहरु समस्यामा नपर्ने भन्दै नियम मिचेर चलेका सहकारीहरुलाई अफ्ठ्यारो पर्ने स्थिति आएको थापाको भनाई ।

“सबै सहकारीहरु बिग्रिएका छैनन्, सबै सहकारीलाई एउटै हिसावले हेर्न हुँदैन, सहकारीको नियमित लेखा परिक्षण हुन्छ, आय व्यय सार्वजनिक हुन्छ, साधारणसभा हुन्छ, शेयर सदस्यहरुले चनाखो भएर हेर्नु पर्दछ” थापाले भन्नुभयो “एउटा बिराउने शाखा पिराउने कार्यले सहकारीमा समस्या ल्याएको हो, सहकारीको यथार्थ अवस्था बुझेर मात्रै कारोबार गर्न आवश्यक रहेको छ ।”
२०३२ सालमा स्थापना भएको सहकारीले सात वर्ष अघि पुन तीन सहकारी एकिकरण गरेर कारोवार गर्न थालेको थियो ।

कार्यक्रममा संरक्षक कृष्णराज शर्मा, सल्लाहकार श्री प्रसाद शर्मा, हरीनारायण गौतम, मोहनलाल शर्मा, देव बहादुर श्रेष्ठ, काजी गाउँले श्रेष्ठ, लक्ष्मी बास्कोटा र पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा ४१ जना जेष्ठ शेयर सदस्यलाई मासिक एक सयका दरले एक वर्षको एक मुष्ट एक हजार २०० भत्ता सहित सम्मान गरिएको थियो ।

साधारणसभामा कोषध्यक्ष रेशमलाल सापकोटाको आर्थिक प्रतिवेदन, सचिव भुपाल चालिसेले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थामा हाल ८०९ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयरपूजी रु. पाँच करोड ७४ लाख ४७ हजार ५९७ रहको छ । आर्थिक वर्ष २०७९÷८०मा रु. ८३ करोड ४३ लाख १३ हजारको कारोवार गर्न सफल भएको कोषाध्यक्ष रेशमलाल सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट कर्जा, उत्कृष्ट बचत र उत्कृष्ट कारोबार गर्नेलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हिमाल प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गिता शर्माको स्वागत तथा सचिव भूपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *