लोक दोहोरी प्रतिष्ठानको खुल्ला तीज गित प्रतियोगितामा बलेवाको डनसाइन एकेडेमि प्रथम

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले आयोजना गरेको खुल्ला तीज गित प्रतियोगितामा बलेवा स्थित डनसाइन एकेडेमि प्रथम भएको छ ।

हाम्रो अभियान अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ दुई दिन सम्म बिभिन्न कार्यक्रम गरि मनाएको तीज मेला २०८० को दोस्रो दिन भएको खुल्ला तीज गीत प्रतियोगितामा बानपा १२ स्थित डनसाइन एकेडेमीले प्रथम भएको हो ।

११ समुहको सहभागीता रहेको प्रतियोगिताबाट छन्त्याल आमा समुह द्धितीय, मेलमिलाप महिला समुह तृतीय, गौरीधाम सत्संग महिला समुह सान्त्वना भएका थिए भने शान्ति टोल आमा समुह उत्कृष्ट गायनको रुपमा पुरस्कुत भएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, सान्त्वना र उत्कृष्ट गायनलाई क्रमश, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो । पहिलो दिन भएको बिद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ अमर आदर्श आवसिय मावि प्रथम, चिल्डे«न लाइफ बोडिङ स्कुल द्धितीय, सिद्धार्थ शिक्षा सदन तृतीय र यु एस एकेडेमिले सान्त्वना स्थान प्राप्त गरेको थिए । प्रतियोगितामा २२ समुहको सहभागीता रहेको थियो ।

नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, सान्त्वना र उत्कृष्ट नृत्यलाई क्रमश, १५ हजार, १० हजार, ७ हजार, ५ हजार हजार ३ हजार नगद सहित पुरस्कृत गरिएको थियो । मेलामा कलकारहरु प्रजापति पराजुली, शंकर बिरही गुरुङ, तारानाथ आचार्य, लक्ष्मण श्री, रेशम निर्दोष, पूर्ण परियार, रेणु केसी लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *