चिल्ड्रेन लाईफ विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

रोहन जि.सी, बागलुङ

बागलुङमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा चिल्ड्रेन लाईफ बोडिङ स्कुल प्रवेश गरेको छ ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिताको तेस्रो दिन आइतवार भएको सेमीफाइनलको पहिलो खेलमा आफ्नो प्रतिस्पर्धी आदर्श बिद्या मन्दिरलाई पराजित गर्दै चिल्ड्रेन लाईफले फाइनलको यात्रा तय गरेको हो ।

आदर्श बिद्या मन्दिर माविलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै चिल्ड्रेन लाईफ बोडिङ स्कुलले फाइनलको यात्रा तय गरेको हो । चिल्ड्रेन लाईफको जितका लागि तीन गोल नै बरदान थापाले गर्नु भएको थियो । टिमलाई फाइनलमा पुर्याउन बरदान थापाले निकै प्रतिस्पर्धात्मक खेलको ५ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता दिलाएका बरदानले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । थापाले थप गरिएको समयको ८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्नुभएको थियो । प्रतियोगितामा ह्याट्रिक गर्ने थापा पहिलो खेलाडी हुन् ।

आदर्श बिद्या मन्दिर माविका लागि सुजल शेरचन र युकेन खत्रीले १-१ गोल गर्नु भएको थियो ।
न्यु ओयसीस एकेडेमी र गरिमा आवसीय मावि बिचको अर्को सेमिफाइनल खेल भने बर्षाका कारण अवरुद्ध भएको छ । यो खेल सोमवार बिहान हुने संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो ।

बागलुङका १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिता अन्तरगत फाइनल खेल पनि सोमवार दिउँसो हुने महासचिव गोतामेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *