विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ

बागलुङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले जितेको छ ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिताको अन्तिम दिन सोमवार भएको फाइनल खेलमा न्यु ओयसिस एकेडेमीलाई शुन्यका बिरुद्ध ३ गोल गर्दै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले उपाधि जितेको हो ।

५० मिनेटको समय अवधिमा खेलाइएको खेलको दोस्रो हाफमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका खेलाडि बिशाल थापाले उत्कृष्ट तीन गोल गर्दै आफ्नो टिमलाई बिजेता बनाउनु भएको थियो । उपाधिसंगै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेतामा चित्त बुझाएको न्यु ओयसिस एकेडेमीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताबाट सर्वाधिक गोलकर्ताको रुपमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका बरदान थापा, उत्कृष्ट गोलकिपरमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलकै अनिष खड्का, उत्कृष्ट डिफेन्डरमा गरिमा आवासिय माविका अप्सन गौतमलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरि उत्कृष्ट खेलाडिमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका प्रतिक थापा र अनुशासित टिममा गरिमा आवासिय माविलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले प्रतियोगिताले बिद्यार्थीको खेल प्रतिभा प्रस्फुटनका लागि सहयोग पुगेको बताउनुभयो ।

बागलुङका १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको समापन समारोह संघका अध्यक्ष जय राजभण्डारीको अध्यक्षता र महासचिव रेशम गोतामेले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *