चारसय वर्षदेखि पूजा गरिदै आएको कोतक्षेत्रमा गणेशको मुर्ति प्रतिस्थापन


आदर्श अनलाइन, म्याग्दी

जिल्लाको बेनी नगरपालिका–२ को ऐतिहासीक स्थल ज्यामरुककोटमा निर्मित मन्दिरमा भगवान गणेशको मुर्ति प्रतिस्थापन गरीएको छ ।

मन्दिरमा भगवान गणेशको मुर्ति प्रतिष्थापन गर्नुपूर्व पुजा अर्चना गर्नुका साथै बाजा, भजन किर्तन गनुका साथै नाच गान पनि गरिएको थियो । भक्तजनहरुले भजन किर्तन गर्नुका साथै नाचगान गर्दै मुर्ति प्रतिष्ठा गरिएको हो ।



वि।सं। १६४९–५० ताका स्थापना भएको खड्ग भवानी कोट परिषरमा अहिले गणेश मन्दीर निर्माण गरेर मुर्ति राखिएको खड्ग भवानी कोत तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

ऐतिहासीक महत्व रहेको उक्त स्थानमा चार सय वर्ष भन्दा पहिला स्थापना भएको कोटको संरक्षण र सम्बद्र्धन सहित अगाडी बढ्नका लागि अहिले निर्माण भएको मन्दिरले महत्व राख्ने उहाँको भनाई थियो । कोटको ३२ रोपनी गुठी रहेको र त्यसैको आम्दानीले पुजा अर्चना गर्नुका साथै नवदुर्गाको समयमा नित्य पुजा हुने उहाँको भनाई छ । कोटको नाउँमा बगरफाँट, भुमेथान, कन्थराज, नरसिंह र कोत परिषरमै गरी उक्त परिणाममा जग्गा रहेको र सबै जग्गाको जग्गाधनि पुर्जा पनि आफूहरु सँग रहेको उहाँको भनाई थियो ।

ज्यामरुक तत्कानिल अवस्थामा छुट्टै राज्य थियो । वि।सं। १२ सय देखि १५ सय सम्म थापा राज्य रहेकोमा १५ सय देखि १६४९ सम्म मल्ल राज्य रहेको अध्यक्ष घिमिरे बताउनुहुन्छ । मल्ल राज्यका अन्तिम राजा मलेबमको अवसान पछि ज्यामरुककोटमा कोत स्थापना गरेर पुजा अर्चना थालिएको उहाँको भनाई छ ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पाँच लाख रुपियाँ उपलब्ध भएको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर क्षेत्रीको भनाई छ । उहाँका अनुसार मन्दिरका लागि प्रदेशबाट बजेट आएको र उक्त बजेटले निर्माण कार्य पूर्ण नहुने देखिएको अवस्थामा नेपाली सेनाको सत्रुभञ्जन गुल्मले निर्माण कार्य गरेको थियो । २०७९ को फागुन ७ देखि चैत २७ सम्म गुल्मका सैनिकहरुले मन्दिर निर्माणमा जुटेको गुल्मपति सेनानी प्रकाश घिसिङले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *