संविधान दिवसको अवसरमा प्रभातफेरी


आदर्श अनलाइन, म्याग्दी

संविधान दिवस–२०८० को अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एव्म संविधान दिवस मुल समारोह समितिका संयोजकको नेतृत्वमा बुधबार बिहान बेनीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

संविधान दिवसलाई भव्य एवम फरक तबरले मनाउने शिलशिलामा मंगलबार पवित्र धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा सरसफाइ गरीएको थियो भने संविधान दिवसको दिनमा प्रभातफेरी निकालिएको जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले बताउनुभयो ।

बेनी बजारको बीरेन्द्रचोकबाट शुरु भएको प्रभातफेरी पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नेपाली जनताको बलिदानले आएको संविधान सबै नागरिकको अधिकार समेटिएको बताउनुभयो । संविधानसभाबाट जारी भएको संविधानको पूर्ण कार्यान्वयन साथै नागरिकको अधिकारको पनि प्रत्याभुत हुनु पर्ने उहाँको भनाई थियो । मुल समारोहको सभाको सञ्चालन बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले गर्नुभएको थियो ।

संविधान दिवस–२०८० लाई हर्षोल्लासपूवक मनाउनका लागि असोज २, ३ र ४ गते तीन दिन सम्म मनाउने कार्यक्रम अनुरुप मंगलबार पवित्र धार्मिक स्थल गलेश्वर धाम मन्दिर र आशपासका क्षेत्रमा सरसफाइ गरिएको थियो । जिल्ला स्थीत मुल समारोह समितिले गरेको निर्णय बमोजिम मन्दिर सरसफाइ गरिएको मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति म्याग्दीका संयोजक थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *