१४ जनालाई विभूषित र पुरस्कृत हुँदै

आदर्श अनलान, बागलुङ

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा बागलुङबाट १४ जना विभूषित तथा पुरस्कृत हुने भएका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली अनुसार बागलुङबाट १४ जना विभुसित तथा पुरस्कृत हुने भएका हुन् ।

बागलुङबाट एक जना सामुदायीक विद्यालय र दुई जना संस्थागत विद्यालयका शिक्षक पुरस्कृत हुने भएका छन् । सामुदाियक विद्यालयतर्फ जनप्रेम मावि ताराखोलाका शिक्षक नइन्द्र बहादुर गुरुङले राष्ट्रिय शिक्षा पुरस्कार पाउने छन् । बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र युनिभर्सल सव–लाईम एकेडेमीका निर्देशक दलबहादुर थापा उक्त पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।

स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख प्रविण शर्मा नेपाल विधाभूषण पदक ‘ख’बाट विभुषित हुने भएका छन् । नेपाल विधाभूषण पदक ‘क’बाट बागलुङका प्रकाश प्रसाद सापकोटा, लालबहादुर पुन, ध्रुव प्रसाद न्युरे, प्रध्यापक डा.डिल्लीराज गाैतम, महाश्रम शर्मा, गंगाधर अधिकारी, विशाल पौडेल र नेत्र प्रसाद शर्मा विभुषित हुँदैछन् ।

नेपाल विधाभूषण पदक ‘ख’बाट दिपेश राजभण्डारी र ‘ग’बाट हरिदत्त जोशीलाई विभुषित गर्न लागिएको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १७७ जनाको नामावली सार्वजनिक भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *